चितुवाको आक्रमणबाट बालक घाइते

Spread the love

तनहुँ  । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा आज साँझ चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । सोही वडा निवासी पाँच वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।

घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Picture of सम्पादक
सम्पादक
यो एउटा नमुना (डमी) नेपाली पाठ हो, जसलाई अभ्यास, डिजाइन, लेआउट परीक्षण वा सामग्रीको लम्बाइ मिलाउन प्रयोग गर्न सकिन्छ। यहाँ प्रस्तुत शब्दहरू कुनै विशेष सन्देश दिनका लागि नभई केवल पाठको स्वरूप देखाउनका लागि राखिएका हुन्। नेपाल विविध संस्कृति, भाषा, परम्परा र प्राकृतिक सुन्दरताले भरिएको देश हो भन्ने कुरा धेरैले सुनेका हुन्छन्।

विज्ञापन

धेरै हेरिएको