लेखनाथ महोत्सवमा ‘बुद्धको प्रतिमा’ आकर्षण

Spread the love

पोखरा । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराका साथ आयोजित २०औँ लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकको आकर्षणको केन्द्र बनेको छ ।

हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकको ध्यान तान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आकर्षक प्रतिमा स्थापना गरेको हो ।

महोत्सवमा स्थापना गरिएको प्रतिमाले बालबालिकादेखि वृद्धवृद्धासम्मको ध्यान खिच्न सफल भएको छ । प्रतिमासँगै फोटो खिचाउनेदेखि टिकटिक बनाउनेसम्मको भिड लाग्ने गरेको छ ।

प्रतिमाका परिकल्पनाकार विश्वगोपाल श्रेष्ठ भन्छन्, बुद्धको प्रतिमाले महोत्सवमा दर्शकको ध्यान तान्न त सफल भएको छ नै त्यसबाहेक धार्मिक सहिष्णुता र विश्व शान्तिको सन्देश पनि प्रवाह गर्न सफल भएको छ ।

झण्डै तीन लाख ५० हजार रुपैयाँको लागतमा स्वदेशमा नै निर्माण भएको प्रतिमा महोत्सव पश्चात् लेखनाथमै उपयुक्त ठाउँको खोजी गरेर स्थापना गरिने आयोजकले जनाएको छ । यसले लेखनाथ क्षेत्रको धर्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने आयोजकको दावी छ ।

बिहीबारबाट शुरु भएको महोत्सवको दोस्रो दिन शुक्रबार १० हजार दर्शकले अवलोकन गरेका छन् भने र ३० लाख बराबरको कारोबार भएको महासचिव एवं महोत्सव प्रचारप्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिइन् ।

महोत्सवमा शुक्रबार लोकदोहोरी कलाकार रामजी खाँण, सरस्वती लामिछाने, मधु रसाईली, कृष्ण सुवेदी, सविना गुरुङ, केशव देवकोटा, शिवहरि ढुंगाना, उमादेवी खनाल, रमा गौतमले प्रस्तुति राखेका थिए । साँझ लाइभ कन्सर्टमा प्रकाश दूतराज र सञ्जिव सिंह रानाले स्टेज तताएका थिए ।

शुक्रबार महिला/आमा समूहका विच भएको हाजिरीजवाफ प्रतियोगितामा सरस्वती सामुदायिक महिला समूह सेमिफाइनल चरणमा प्रवेश गरेको छ भने विद्यालय स्तरीय नृत्यतर्फ तीन विद्यालयले प्रस्तुति राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Picture of सम्पादक
सम्पादक
यो एउटा नमुना (डमी) नेपाली पाठ हो, जसलाई अभ्यास, डिजाइन, लेआउट परीक्षण वा सामग्रीको लम्बाइ मिलाउन प्रयोग गर्न सकिन्छ। यहाँ प्रस्तुत शब्दहरू कुनै विशेष सन्देश दिनका लागि नभई केवल पाठको स्वरूप देखाउनका लागि राखिएका हुन्। नेपाल विविध संस्कृति, भाषा, परम्परा र प्राकृतिक सुन्दरताले भरिएको देश हो भन्ने कुरा धेरैले सुनेका हुन्छन्।

विज्ञापन

धेरै हेरिएको