मलाई असफल पार्नेबाहेक ओलीले अरु काम गरेनन् : प्रचण्ड

Spread the love

चितवन, ८ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असफल पार्नेबाहेक केपी ओलीले अरु काम नगरेको आरोप लगाएका छन् ।

चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्नेबाहेक अरु काम नगरेको आरोप लगाएका हुन् ।

राजनीति स्थायित्व र विकासका लागि नेकपा गठन गरेको स्मरण गराउँदै उनले आफूले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाएको पनि दाबी गरे ।

‘राजनीतिक स्थायित्व र विकास भन्दै नेपाल कम्युनिष्ट पार्टी बनाएको थियौँ, र केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो,’ प्रचण्डले भने, ‘तर, दुर्भाग्य, जे सपना देखेर गरेको हो (एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर नेकपा गठन), त्यो सपना चकनाचुर भयो । पटक पटक प्रतिनिधिसभा विघटन गर्ने । र प्रचण्डलाई चैँ कसरी हुन्छ चितवनमा असफल पार्नेबाहेक प्रधानमन्त्रीका रुपमा मेरा सहअध्यक्ष (केपी ओली)को अर्काे भूमिका देख्न पाइनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Picture of सम्पादक
सम्पादक
यो एउटा नमुना (डमी) नेपाली पाठ हो, जसलाई अभ्यास, डिजाइन, लेआउट परीक्षण वा सामग्रीको लम्बाइ मिलाउन प्रयोग गर्न सकिन्छ। यहाँ प्रस्तुत शब्दहरू कुनै विशेष सन्देश दिनका लागि नभई केवल पाठको स्वरूप देखाउनका लागि राखिएका हुन्। नेपाल विविध संस्कृति, भाषा, परम्परा र प्राकृतिक सुन्दरताले भरिएको देश हो भन्ने कुरा धेरैले सुनेका हुन्छन्।

विज्ञापन

धेरै हेरिएको