जोमसोमस्थित झोलुङ्गे पुलबाट खसेर पोखराका प्रकाश मल्लको मृत्यु

Spread the love

पोखरा । मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं ३० गगनगौंडाका ३७ वर्षीय प्रकाश मल्ल ठकुरी छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार शनिबार बिहान घरपझोङ गाउँपालिका वडा नं ४ जोमसोमस्थित नेपाली सेना र जिल्ला प्रशासन कार्यालय जोड्ने झोलुङ्गे पुलबाट खसेका थिए ।

घटनाको जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले उनको उद्दार गरी अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले ठकुरीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरीका अनुसार उनको शव आइतबार पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइएको छ ।

ठकुरी जोमसोममा इलोक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका थिए । उनी कोठाबाट पसल आउने क्रममा पुलबाट खसेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Picture of सम्पादक
सम्पादक
यो एउटा नमुना (डमी) नेपाली पाठ हो, जसलाई अभ्यास, डिजाइन, लेआउट परीक्षण वा सामग्रीको लम्बाइ मिलाउन प्रयोग गर्न सकिन्छ। यहाँ प्रस्तुत शब्दहरू कुनै विशेष सन्देश दिनका लागि नभई केवल पाठको स्वरूप देखाउनका लागि राखिएका हुन्। नेपाल विविध संस्कृति, भाषा, परम्परा र प्राकृतिक सुन्दरताले भरिएको देश हो भन्ने कुरा धेरैले सुनेका हुन्छन्।

विज्ञापन

धेरै हेरिएको